आर.के.बुढाथोकी । वर्षौंदेखि एकान्तमा रहेको पहाडको काखमा एउटा सानो खोल्सो थियो । खोल्सोको किनारामा अनेकौं गिटीढुङ्गाहरू छरिएका थिए । ती गिटीढुङ्गाहरू प्रकृतिले निर्मम रूपमा समयको अन्तरालमा त्यहाँ ल्याइदिएका थिए ।
एकदिन एउटा बूढो गिटीढुङ्गाले वरपरका साथीहरूलाई बोलायो । ऊ जीवनभरको पीडा पोख्न चाहन्थ्यो ।
"हाम्रो जीवन कस्तो अनौठो भयो, है? खोलाले कहिले बगाउँछ, कहिले किनारमा फाल्छ । हाम्रो अस्तित्व कसैको आँखामा पर्दैन," बूढो ढुङ्गाले गुनासो गर्यो ।
"साँचै हो," एक अलि सानो गिटीले भन्यो, "यहाँ बस्नुपर्दा लाग्छ हामीलाई कुनै उद्देश्य छैन । जताततै बिसर्जन मात्र हुन्छ ।"
त्यहाँ नजिकैको रूखको जराले यी संवाद सुनेको थियो । उसले सहानुभूति प्रकट गर्दै भन्यो, "तिमीहरूलाई थाहा छैन, तर तिमीहरूको अस्तित्वले यो खोल्सोलाई जोगाएको छ । जब बाढी आउँछ, तिमीहरूको कारणले म पनि उभिइरहेछु।"
गिटीढुङ्गाहरू केही बेर शान्त भए । ती साना गिटीहरूले पहिलो पटक आफ्नो महत्व महसुस गरे।समय बित्दै गयो । एकदिन ठूलो पहिरो गयो र खोल्सोको स्वरूप नै बदलियो।गिटीढुङ्गाहरू तीव्र बहावमा परेर अन्त कतै पुरिए ।
तर पहाडका काखमा रहेको त्यो स्थान कहिल्यै भुलिएन । मानिसहरूले भन्थे, "यहाँ कहिल्यै पहिरो जाँदैनथ्यो, त्यो गिटीढुङ्गाको कारण ।"
अहिले पनि त्यो ठाउँ "अगति परेर मरेको स्थान" भनेर चिनिन्छ, तर वास्तविकतामा त्यहाँका गिटीढुङ्गाहरू कहिल्यै मरेका थिएनन्।उनीहरूको अस्तित्वले एउटा महत्त्वपूर्ण इतिहास र स्मरणीय विरासत छोडेको थियो।
कथाको वास्तविक मर्म :
“धान खाने मुसा, चोट पाउने भ्यागुतो” भने झैं जनप्रतिनिधिहरूले काम गर्न चाहँदा पनि प्रशासनिक अड्चन ,लापरवाही ,उदासीनता ,असक्षमता वा राजनीतिक चलखेलले जनप्रतिनिधिहरूको विकासे योजना कार्यान्वयनमा अवरोध गर्छ भने अन्ततः दोष जनप्रतिनिधिलाई नै जान्छ। जनप्रतिनिधि र कर्मचारीबीचको आपसी समन्वयको आवश्यकता भएकोले दुबै पक्षले जिम्मेवारी र इमानदारिता देखाउनुपर्छ ।