कचनकवल गाउँपालिका, झापा – कचनकवल गाउँपालिकाले कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालनका लागि विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरेको छ। गाउँपालिकाको कार्यालयले यस सम्बन्धमा सूचना जारी गर्दै २०७८ पौष ११ गतेदेखि खोप लगाउने कार्यक्रम तय गरेको जनाएको छ ।
खोप केन्द्रहरू र तिनको सञ्चालन मिति निम्नानुसार छ :
१. स्वास्थ्य चौकी घेरावारी
सञ्चालन मिति : २०७८ पौष ११,१२ र १४ गते
सम्पर्क व्यक्ति : विक्रम राजवंशी ( फोन : ९८१५९२१००८ )
२. आधारभुत स्वास्थ्य सेवा केन्द्र
सञ्चालन मिति : २०७८ पौष ११,१२ र १४ गते
सम्पर्क व्यक्ति : कौशिला राजवंशी ( फोन: ९८२४०९३९३० )
३. स्वास्थ्य चौकी पथरिया
सञ्चालन मिति : २०७८ पौष ११,१२ र १४ गते
सम्पर्क व्यक्ति : विष्णु कुमारी भट्टराई ( फोन: ९८२४०२८३८५ )
४. स्वास्थ्य चौकी केचना
सञ्चालन मिति : ११,१२ र १४ गते
सम्पर्क व्यक्ति : नारायण प्रसाद निरौला ( फोन: ९८२०७०३४१२ )
५. स्वास्थ्य चौकी पाठामारी
सञ्चालन मिति : ११,१२ र १४ गते
सम्पर्क व्यक्ति : हरगोविन्द कुमार गणेश ( फोन: ९८२०७०३३९९ )
६. स्वास्थ्य चौकी बालुवाडी
सञ्चालन मिति : ११,१२ र १४ गते
सम्पर्क व्यक्ति : हर्क बहादुर गुरुङ ( फोन: ९८१७३०९८४५ )
७. प्राथमिक स्वास्थ्य केन्द्र बनियानी
सञ्चालन मिति : २०७८ पौष ११,१२,१४,१६,१७,१८ र १९ गते
सम्पर्क व्यक्ति : नवीन मिश्र ( फोन: ९८२०७०३४१० )
खोप अभियान मुख्यत : निम्न समूहका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ :
१. रोग प्रतिरोध क्षमता कम भएका ५ वर्ष भन्दा माथिका बालबालिका ,वयस्क नागरिक साथै जेष्ठ नागरिक ।
२. स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति।
३. गर्भवती महिला ।
४. १२ वर्ष भन्दा माथिका सबै किशोर–किशोरी ।
५. ५ वर्ष देखि ११ वर्षसम्मका अन्य बालबालिका ।
कचनकवल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले खोप अभियानलाई सफल बनाउन सम्पूर्ण नागरिकलाई समयमै केन्द्रमा पुगेर खोप लगाउन आग्रह गर्नुभएको छ ।